शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, देशभर ५९२ जना सक्रिय संक्रमित

आइतबार, २७ चैत २०७८, २१ : ३३
आइतबार, २७ चैत २०७८

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार अहिले देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् भने २०८२८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११९५१ जनाको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप