एमालेले तय गर्यो भरतपुर महानगरमा मेयरको उम्मेदवार

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।
महानगरको मेयरमा सुवेदीलाई सर्वसम्मत ढंगले उम्मेदवार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेदवारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन् ।
यसअघि महानगरको मेयरको उमेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो । २०७४ को चुनावमा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उमेदवारमा प्रस्ताव गरेका हुन् । उपमेयरको उमेदवारको घोषणा गरिएको छैन । उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा