चन्दा उठाएको पैसा चैतभित्र फिर्ता गर्न विप्लवको निर्देशन
विप्लव नेतृत्वको नेकपाका एक जना नेताले चन्दाको नाममा लाखौँ उठाएर हिनामिना गरेको आरोप लागेको छ । महासचिव विप्लवले नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्ने बताएका हुन् ।
उनले केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा भिम चापागाईँले उठाएर खाएको लाखौँ पैसाबारे छानविन गर्ने’, उल्लेख गरिएको छ । उनले पार्टीको नाममा अन्नपूर्ण होटलबाट ल्याएर उनले पैसा खाएको सर्कुलरमा उल्लेख गरेका छन् । विप्लवले सो पैसा चैत्र मसान्तभित्र पार्टीमा बुझाउन पनि निर्देशन दिएका छन् ।
चापागाईँले पार्टी र नेतृत्वको नाममा लाखौँ रुपैया असुल गरि हिनामिना गरेको, संगठनात्मक रुपमा गुटबन्दी र अराजकता मच्चाएर शंकास्पद गतिविधि गरेकोले केन्द्रीयस्तरबाटै छानविन गर्ने पनि विप्लवले जनाएका छन् ।
पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई बन्देज लगाउने पनि विप्लवको पार्टीले निर्णय गरेको छ । विप्लवको सर्कुलरमा चितवनमा विवेक शाहको जग्गा मुद्दाबारे छानविन गर्ने पनि उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण