विप्लवले मागे सबै केन्द्रीय सदस्यको सम्पति
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सबै केन्द्रीय सदस्यको सम्पति विवरण मागेको छ। गत चैतमा बसेको साताव्यापी केन्द्रीय समिति बैठकपछि विप्लवद्वारा जारी गरिएको सर्कुलरमा सबै केन्द्रीय सदस्यले पार्टीलाई सम्पति बुझाउन भनिएको छ ।
सर्कुलरमा पार्टीका ७९ जना केन्द्रीय सदस्यले आफ्नो नाममा भएको नगद र जिन्सी सबै जोडेर सम्पति विवरण बुझाउन निर्देशन दिइएको हो। त्यस्तै पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई बन्देज लगाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय सदस्य भीम चापागाईँले पार्टी र नेतृत्वको नाममा लाखौँ रुपैया असुल गरि हिनामिना गरेको भन्दै छानविन गर्ने निर्णय भएको छ।
उनलाई संगठनात्मक रुपमा गुटबन्दी र अराजकता मच्चाएको र शंकास्पद गतिविधि गरेकोले केन्द्रीय स्तरबाटै छानविन गर्न लागिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण