बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

आर्थिक संकटको समाधानमा राजपक्षे र श्रीलङ्का फ्रिडम पार्टीबीच बैठक

आइतबार, २७ चैत २०७८, १६ : ३७
आइतबार, २७ चैत २०७८


श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षे र श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) बीच आइतबार बेलुका बैठकको आयोजना हुन लागेको श्रीलङ्काली मिडियाले जानकारी दिएको छ ।

यो बैठकमा देशमा चलिरहेको वर्तमान आर्थिक, राजनीतिक र सामाजिक उथलपुथलमाथि एक समाधान निकाल्ने कोसिस हुनेछ ।

देशका पू्र्व राष्ट्रपति र श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) का नेता मैत्रीपाला सिरिसेना जानकारी दिएका हुन् ।

दुई करोड २० लाखको जनसंख्या भएको श्रीलङ्का आर्थिक र राजनीतिक संकटसँग जुधिरहेका छन् ।

प्रदर्शनकारी करफ्यूको विरोधमा सडकमा उत्रिएका छन् र सरकारका मन्त्री सामूहिक राजीनामा दिइरहेका छन् ।

सन् १९४८ मा स्वतन्त्रता पाएपछिदेखि अहिलेसम्म सबैभन्दा खराब आर्थिक स्थितिको सामना गरिरहेको यो देशमा महँगीका कारण अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ ।

हप्तौँदेखि चर्किरहेको रिस अघिल्लो बुधबार बिस्फोट भयो र विरोध प्रदर्शन थप हिंस्रक भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप