पेट्रोलियम पदार्थमा देखिएका समस्याको वैज्ञानिक समाधान खोज्छौँ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।
पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिहरूसँग आइतबार मन्त्री निवास पुल्चोक ललितपुरमा कुराकानी गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए ।
उनले यस क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी र ढुवानीकर्ताहरुको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पार्दै सबै मिलेर पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आस्वस्त पानुपर्ने बताए ।
त्यसअवसरमा नेपाल एल.पी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्श एशोसियशनका प्रतिनिधिहरुले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्रीलाई संयुक्त रुपमा ध्यानाकर्षण गराए ।
उनीहरुले मन्त्रीलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिँदै उनको कुशल व्यवस्थापन र नेतृत्वमा अहिले देखिएका सबै समस्याको समाधान हुनेमा आफूहरु विश्वस्त रहेको धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र