जनकपुरधामको मेयरमा एमालेबाट शिवशंकर साह सिफारिस
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने भएपछि दलीयदेखि निर्दलीयरुपमा उम्मेदवारी घोषणा हुन थालेको छ । सत्तारुढ गठबन्धन दल आन्तरिक तयारीमा रहेकै बेला नेकपा एमालेले भने उम्मेदवारी छनोट प्रक्रियालाई अघि बढाएको हो ।
एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ । आइतबार नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका साहको नाम मेयर पदका लागि छनोट गरिएको एमाले जनकपुरधाम नगर समितिका सचिव राजुकुमार साहले जानकारी दिए । नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको बताए ।
यस्तै जनकपुरधाम वडा नम्बर १० को वडाअध्यक्षको पदमा सुशिल कर्णको नाम वडास्तरीय बैठकबाट सर्वसम्मतरुपमा छनोट गरिएको श्यामकिशोर मण्डलले बताए ।
यस्तै शनिबार बलराम महतोले स्वतन्त्ररुपमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका थिए । मेयरमै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले समेत तयारी थालेका छन् ।
यता नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धनले भने अहिलेसम्म पनि टुंगो लगाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...