प्रदेश १ मा स्थानीय निर्वाचन : गठबन्धन गर्न काँग्रेस उदासिन, माओवादीले केन्द्रमा पठायो सुझाव

माओवादी केन्द्र प्रदेश १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयलाई प्रदेशमा कार्यान्वयन गर्न नमानेको विषयलाई प्राथमिकतामा राखेर पार्टी केन्द्रलाई सुझाव पेश गरेको छ । प्रदेश १ मा गठबन्धन गर्ने विषयमा बसेको बैठकमा काँग्रेस उदासिन भएजस्तो देखिएको सुझाव केन्द्रलाई पठाइएको माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीले जानकारी दिए ।
पार्टीले स्थानीय तहको अवस्था तथा गठबन्धनको अवस्थाबारेमा ठोस सुझाव पेश गर्न आग्रह गरेअनुसार सुझाव पेश गरिएको उप्रेतीले जानकारी दिए । ‘प्रदेशस्तरीय गठबन्धन बैठकले निर्देश गरेबमोजिम नेपाली कांग्रेसबाट कुनै पनि जिल्लामा सकारात्मक पहलकदमी महसुस भएको छैन,’ सुझावमा उल्लेख छ, ‘अधिकांश पालिकाहरुमा काँग्रेसको नेतृत्व गठबन्धन गर्न उदासिन देखिएको छ र कांग्रेस बाहेक अन्य दलहरूसँग गठबन्धन गर्नुपर्ने पालिकाहरुको सुझाव रहेको छ ।’
अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाइएको पत्रमा केन्द्रको सर्कुलर अनुसार ५ वटा कमाण्ड बनाएर चुनाव परिचालन अभियान प्रदेशभरी संचालन गरिएको पनि उल्लेख छ ।
यसैबीच माओवादी केन्द्रले झापामा २ वटा पालिका र १५ वटा वडा एक्लै जित्ने र संखुवासभामा ३ वटा पालिका एक्लै जित्ने रिपोर्ट प्रदेशमा पठाएको बताइएको छ । अन्य जिल्लाबाट भने रिपोर्ट आउने क्रममा रहेको माओवादी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य