प्रदेश १ मा स्थानीय निर्वाचन : गठबन्धन गर्न काँग्रेस उदासिन, माओवादीले केन्द्रमा पठायो सुझाव
माओवादी केन्द्र प्रदेश १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयलाई प्रदेशमा कार्यान्वयन गर्न नमानेको विषयलाई प्राथमिकतामा राखेर पार्टी केन्द्रलाई सुझाव पेश गरेको छ । प्रदेश १ मा गठबन्धन गर्ने विषयमा बसेको बैठकमा काँग्रेस उदासिन भएजस्तो देखिएको सुझाव केन्द्रलाई पठाइएको माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीले जानकारी दिए ।
पार्टीले स्थानीय तहको अवस्था तथा गठबन्धनको अवस्थाबारेमा ठोस सुझाव पेश गर्न आग्रह गरेअनुसार सुझाव पेश गरिएको उप्रेतीले जानकारी दिए । ‘प्रदेशस्तरीय गठबन्धन बैठकले निर्देश गरेबमोजिम नेपाली कांग्रेसबाट कुनै पनि जिल्लामा सकारात्मक पहलकदमी महसुस भएको छैन,’ सुझावमा उल्लेख छ, ‘अधिकांश पालिकाहरुमा काँग्रेसको नेतृत्व गठबन्धन गर्न उदासिन देखिएको छ र कांग्रेस बाहेक अन्य दलहरूसँग गठबन्धन गर्नुपर्ने पालिकाहरुको सुझाव रहेको छ ।’
अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाइएको पत्रमा केन्द्रको सर्कुलर अनुसार ५ वटा कमाण्ड बनाएर चुनाव परिचालन अभियान प्रदेशभरी संचालन गरिएको पनि उल्लेख छ ।
यसैबीच माओवादी केन्द्रले झापामा २ वटा पालिका र १५ वटा वडा एक्लै जित्ने र संखुवासभामा ३ वटा पालिका एक्लै जित्ने रिपोर्ट प्रदेशमा पठाएको बताइएको छ । अन्य जिल्लाबाट भने रिपोर्ट आउने क्रममा रहेको माओवादी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण