सडक दुर्घटनामा दुईजनाको मृत्यु
दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
त्यसैगरी घोराही–तुलसीपुर सडक खण्डमा युपी ४२ विपी २४०१ भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा तुलसीपुर–१७ का आठ वर्षीय योगेश बस्नेतको मुत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
-
हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो
-
बागमतीको संसद् चलाउन सर्वदलीय बैठक बस्दै
-
पाण्डेलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड
-
पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग सम्झौता गर्ने छैन: मन्त्री शर्मा
-
सुदूरपश्चिम सरकारको बजेट निर्माण कार्यतालिका प्रभावित