बास्केटबल लिग जेठमा

महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आइतबार पत्रकार सम्मेलनमार्फत पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।
दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।
लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागिता हुनेछ । यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी टोलीहरू निश्चित हुन बाँकी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, महिलातर्फको विजेताले एक लाख र उपविजेताले पचास हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
दुवै विधाका ‘प्लेअर अफ दी म्याच’ ले तीन हजार रुपैयाँ पाउनेछन् । यस्तै, दुवै विधाका उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान १० हजार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार