शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

दाङमा बन्यो पाँच दलीय सत्ता गठबन्धन

आइतबार, २७ चैत २०७८, १५ : २४
आइतबार, २७ चैत २०७८

स्थानीय तह निर्वाचनमा दाङमा पनि सत्ता गठबन्धन हुने भएको छ। नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो ।

केन्द्रीय सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम गर्नेगरी पाँच दलीय समझदारी भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनले बताए।  ‘चुनावी तालमेलमा पाँच दलीय गठबन्धन गर्ने समझदारी बन्यो। समझदारी बमोजिम प्रतिवेदन केन्द्रमा पठाएका छौ’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘पाँच दलबीच दाङमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा भने सहमति भएको छैन। २०७४ सालको मत परिणामका आधारमा गठबन्धनको पक्षमा यति विपक्षमा यति भनेर हिसाब गरेर पठाएका छौ।  हामीले दश स्थानीय तह र एकसय वडाको मत परिणाम पनि सबै दलको पठाएका छौ।’ दाङमा कुन स्थानीय तह कुन दललाई दिने विषयमा भने समझदारी भइनसकेको पुनले बताए।

दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका सहित लमही नगरपालिका र सात गाउँपालिका छन् । यसअघि निर्वाचनमा एमालेले घोराही उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका एमालेले जितेको थियो । यस्तै गढवा, दंगीशरण र बबई गाउँपालिका पनि एमालेले जितेको थियो। कांग्रेसले राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका र राजपुर गाउँपालिका जितेको थियो। माओवादीले भने बंगलाचुली गाउँपालिका मात्रै जितेको थियो। सत्ता गठबन्धन भएपछि एमाले महासचिव शंकर पोखरेलको गृह जिल्लामा स्थानीय चुनावमा गाह्रो हुने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप