बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आइएमई पे र दराजबीच सम्झौता

आइतबार, २७ चैत २०७८, १५ : १६
आइतबार, २७ चैत २०७८

आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौतापछि आइएमई पेका सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।  उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार चैत्र २८ देखि २०७९ बैशाख ७ सम्म आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन बिहान १२ देखि १२ः ३० सम्म १०% छुट , रु. १००० अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिक रस् आवरमा आधा–घण्टामा १०% छुट अधिकतम रु. ७५० सम्म हुने ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यस्तै रस् आवरको समय बिहान ८ बजे देखि ८ः ३० सम्म र दिउँसो ३ बजे देखि ३ः ३० सम्म हुनेछ  । साथै दराजको रु. १ को गेममा पनि सहभागि भएर विभिन्न आकर्षक उपहार पनि जित्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप