शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयर चढ्नेले अन्नपूर्ण केबलकारको टिकटमा विशेष छुट पाउने

आइतबार, २७ चैत २०७८, १५ : ०४
आइतबार, २७ चैत २०७८

बुद्ध एयरको बोर्डिङ पास अर्थात् टिकटमा अब सेवाग्राहीले अन्नपूर्ण केबलकारमा समेत विशेष छुट पाउने भएका छन् । बुद्ध एयर र पोखरास्थित अन्नपूर्ण केबलकारबीच हालैमात्र व्यवसायिक साझेदारीको सम्झौता भएको हो । 

सम्झौता अनुसार बुद्ध एयर चढ्ने प्रत्येक यात्रुले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने छन् । बुद्ध एयर चढ्ने यात्रुले बोर्डिङ पासमा नै केबलकारको टिकट छुटको कुपन पाउने छन् । तर, यात्रुहरुले बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोग गरेमात्र सो सुविधा उपभोग गर्न पाउने कम्पनीले जनाएको छ ।

बुद्ध एयरले काठमाडौंबाट दैनिक १० वटा भन्दाबढी पोखराको उडान भर्दै आएको छ । त्यसैगरि धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि कम्पनीले पोखराको सिधा उडान गर्दै आएको छ । 

साथै, नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट समेत पोखरा सिधा उडान गर्ने कम्पनीले घोषणा गरिसकेको छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरुले उक्त सुविधा  पाउने कम्पनीले जनाएको छ । 
हाल बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटाबीच क्राफ्ट जहाहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप