एकीकृत समाजवादीले वैशाख ८ भित्र उम्मेदवारको अन्तिम टुंगो लगाउने, यस्ता छन् ८ मापदण्ड

नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उम्मेदवारी दिनेहरूको नामावली टुंगो लगाउने भएको छ । चैत २६ र २७ गते बसेको समाजवादीको सचिवालय बैठकले उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका निर्धारण गरेको हो ।
जसअनुसार वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ भने पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्नेछ । यस्तै प्रदेश कमिटीले वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने तथा केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले उम्मेदवारको सम्बन्धमा ८ मापदण्ड निर्धारण समेत गरेको छ । जसमा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको हुनुपर्नेछ । यस्तै समावेशीतालाई ध्यान दिने पनि भुसालको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत (कित्तासहित)
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने