मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

‘काँग्रेसले चेतेन, अर्थतन्त्र कमजोर भएको बेला गभर्नर हटाइयो’

आइतबार, २७ चैत २०७८, १४ : ३१
आइतबार, २७ चैत २०७८

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान सरकारका अर्थमन्त्रीको कमजोरी ढाकछोप गर्न गभर्नर हटाउन लागि परेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

‘अहिले पनि काँग्रेसले सिकेन, पहिलेको घटनाबाट सिक्नुपर्ने हो तर भएन ।’ यसअघि जसरी गभर्नर माथि कारबाही गरिएको थियो, हामीलाई नोट छाप्न निकै कठिन भएको थियो । कित राजाको श्रीपेच भएको नोट चलाउनु पथ्र्यो कित चुप लागेर बस्नु पर्ने अवस्था बनेको थियो । फेरि सरकार सोही घटना दोहो¥याउने पथमा अघि बढेको छ । यसले मुलुकलाई थप संकट ल्याउनेमा कुनै दुविधा छैन’ खतिवडाले भने । 

सरकारको गल्तीको ढाकछोप गर्नकै लागि यस्तो कदम चालिएको भन्दै पूर्वमन्त्री खतिवडाले यस्तो गल्ति नगर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप