वर्तमान सरकार भागबण्डामा रमाइरहेको छ : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान सरकार भागबण्डामा रमाइरहेको तर बिग्रँदो आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले सरकार तस्करी तथा विचौलियाहरुको चंगुलमा फसेको आरोप लगाए ।
तीब्र आयातलाई रोक्न, रेमिट्यान्स आयातमा व्यवस्थित गर्न तथा उत्पादनमा जोड दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नर माथि गलत कदम चालेको आरोप लगाए ।
‘आफ्नो मान्छे, तस्कर तथा बिचौलियाहरुलाई कहाँ नियुक्ति दिने र कहाँबाट कहाँ सरुवा भरुवा गर्न सकिन्छ भनेर सरकार लागेको छ, उनको आरोप छ । तर मुलुकको आर्थिक अवस्थालाई सामान्यीकरणमा कसरी लैजान सकिन्छ त्यसतर्फ सरकारले सोच्न नसकेको उनको आरोप थियो ।
सम्पती शुद्धीकरण जस्ता समस्यामा डुबेको सरकारले थप शंकाको रुपमा रहेको आयातित पैसामा अर्थमन्त्रीले नै राष्ट्र बैँकमाथि हस्तक्षेप गरेर स्वीकृत दिन लाग्नु दुःखको कुरा रहेको उनले बताए ।
‘काँग्रेसले चेतेन, अर्थतन्त्र कमजोर भएका बेला गभर्नर हटाइयो’
पूर्वअर्थमन्त्री डा.खतिवडाले वर्तमान सरकारका अर्थमन्त्रीको कमजोरी ढाकछोप गर्न गभर्नर हटाउन लागि परेको आरोप लगाए । तर, यसबाट काँग्रेसले अहिले पनि नचेतेको उनले बताए ।
‘अहिले पनि काँग्रेसले चेतेन, पहिलेको घटनाबाट सिक्नुपर्ने हो तर भएन, यसअघि गभर्नरमाथि कारबाही गरिएको थियो, हामीलाई नोट छाप्न निकै कठिन भएको थियो । कि त राजाको श्रीपेच भएको नोट चलाउनुपर्थ्यो कि त चुप लागेर बस्नुपर्ने अवस्था बनेको थियो । फेरि सरकार सोही घटना दोहोर्याउने पथमा अघि बढेको छ । यसले मुलुकलाई थप संकट ल्याउनेमा कुनै दुविधा छैन’ खतिवडाले भने । सरकारको गल्तीको ढाकछोप गर्नकै लागि यस्तो कदम चालिएको भन्दै पूर्वमन्त्री खतिवडाले यस्तो गल्ती नगर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी