बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

युक्रेन युद्धका लागि रुसले अवकाशप्राप्त सैनिकलाई भर्ना गर्न चाहेको बेलायतको दाबी

आइतबार, २७ चैत २०७८, १४ : ०४
आइतबार, २७ चैत २०७८

रसियाले युद्धको मैदानमा आफ्नो सेनाको संख्या बढाउन ट्रान्सनिस्ट्रिया, मोल्डोभाको अज्ञात क्षेत्रबाट मानिसहरूलाई भर्ती गर्ने प्रयास गरिरहेको मन्त्रालयले भनेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछिको युद्धमा कति सैनिक मारिएका छन् भन्ने आधिकारिक रूपमा भने केही बताएको छैन । यद्यपि, गत हप्ता रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रसियाले आफ्नो सेनाको ठूलो संख्या गुमाएको स्वीकार गरेका छन् ।

पश्चिमी नेताहरूले युद्धमा अहिलेसम्म ७ देखि १५ हजार रुसी सैनिक मारिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप