शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन प्रमुख काँग्रेसले पाउनुपर्ने माग राख्दै चितवन फर्किए नेताहरु

आइतबार, २७ चैत २०७८, १३ : ५२
आइतबार, २७ चैत २०७८

नेपाली काँग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा शेखर कोइरालालाई भेटेर फर्किएका छन् । भरतपुर महानरपालिका काँग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन् । 

नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीत नारायण श्रेष्ठसहितको टोली आएको थियो । भेटघाटको क्रममा तालमेल गर्दा भरतपुर महानगरपालिका काँग्रेसलाई पार्नेगरी छलफल अघि बढाउने नेताहरूले बताएको भेटपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए । 

‘काँग्रेस ठूलो दल हो भरतपुरमा । फेरि, आलोपालो गर्ने भन्ने पनि थियो पहिलो । त्यही भएर हामीले दुई तर्कलाई अघि सारेर काँग्रेसले भरतपुर महानगरपालिका पाउनुपर्छ भनेका हौँ’, कोइरालाले न्युज कारखानासँग भने । भरतपुर महानगरपालिका पाउनुपर्ने ‘बटमलाइन’ २० चैतमा बसेको काँग्रेस चितवनको बैठकले निर्णय गरेको थियो । 

हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ । यसपटक भरतपुर महानगरपालिका नपाए विद्रोह हुने चेतावनी काँग्रेसी नेताहरूले दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप