पुटिनले फेरे कमाण्डर
![पुटिनले फेरे कमाण्डर](https://rpcdn.ratopati.com/media/albums/putin_1649570567_GuAz5wmN8E.webp)
रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमा युद्धको नेतृत्व गर्न नयाँ सेना जनरल नियुक्ति गरेका छन् । पुटिनले रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर अलेक्जेन्डर ड्वोर्निकोभलाई यो जिम्मेवारी दिएका हुन् । रुसी सेनाले युक्रेनको राजधानी किभमा कब्जा गर्न सकेको छैन ।
ड्वोर्निकोभलाई युक्रेनमा रुसको सैन्य अभियानको थिएटर कमाण्डर बनाइएको थियो । यस्तोमा रुसका नयाँ जनरलले ९ मे अर्थात विजय दिवस भन्दा पहिले युद्धक्षेत्रमा प्रगतिको लक्ष्यको अनुमान गरेका छन् ।
९ मे विजय दिवस रुसमा सर्वाधिक महत्वपूर्ण दिन हो । यो दिन दोस्रो विश्व युद्धमा जर्मनीमाथि सोभियत संघको विजयको वर्षगाठको प्रतिक हो । युरोपेली अधिकारीले विजय दिवसको महत्व स्वीकार गरेका थिए । यसले रुसलाई थप गल्ती गर्नका लागि प्रेरत गर्न सक्ने उनीहरुले बताएका छन् र रुसी सेनालाई थप अत्याचार गर्न प्रोत्साहित गर्न सक्छ, जस्तो कथित रुपमा बुचामा भएको थियो ।
युक्रेनको उत्तरी क्षेत्रबाट रुसी सेना हटे
रुसले युक्रेनको उत्तरी क्षेत्रबाट आफ्नो सेना पूरै रुपमा हटाएको बेलायतले जनाएको छ । रक्षा मन्त्रालयले शुक्रबार रुसले आफ्नो सेनालाई युद्धका लागि डोनबास क्षेत्रमा पठाउने जनाएको छ । मन्त्रालयले ट्वीट गर्दै भनेको छ,‘युक्रेनको उत्तरबाट रुसी सेनालाई पूरै रुपमा हटाएर रुस र बेलारुस पठाइएको छ ।’ यो मध्ये केही बललाई डोनबासमा लड्नका लागि पूर्वी युक्रेनमा स्थानान्तरित गरिने छ ।
युक्रेनको पूर्व र दक्षिणमा गोलीबारी जारी
यी बल मध्ये कयौलाई पूर्वमा तैनाथ गर्नुुपूर्व महत्वपूूर्ण हेरफेरको आवश्यकता छ । उत्तरमा कुनै पनि ठूलो रुपमा पुनः तैनाथीमा कमसे कम एक साताको समय लाग्न सक्छ । रुस सेनाकोतर्फबाट युक्रेनको पूर्व र दक्षिणीमा गोलीबार गर्दैछ । मन्त्रालयले पूर्व र दक्षिणा शहरमा रुसी गोलिबारी जारी रहेको जनाएको छ । रुसी सेना रणनीतिक रुपमा महत्वपूर्ण इजियम शहरको दक्षिणतर्फ अगाडि बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता