शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा हस्तक्षेप गरिएन भने मुलुक दोस्रो श्रीलङ्का बन्न सक्छ : विष्णु पौडेल

आइतबार, २७ चैत २०७८, १३ : ३३
आइतबार, २७ चैत २०७८

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको औँल्याएका छन् । आइतबार राजधानीमा मुलुकको वर्तमान अर्थतन्त्रको विषयमा नेकपा एमाले प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेल यस्तो बताएका हुन् । 

नेकपा एमालेको सरकारले मुलुकको अर्थतन्त्र स्वस्थ र सुदृढ अवस्थामा छाडेर गए पनि वर्तमान पाँच दलीय गठवन्धनको सरकारले ध्वस्त पारेको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले अब हस्तक्षेप गर्ने बेला आएको बताए । यसो नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने र नेपाल दोस्रो श्रीलङ्का हुनबाट कसैले बचाउन नसक्ने बताए । 

सो अवसरमा पौडेलले अघिल्लो सरकारले बजार महँगी ४ प्रतिशत भन्दा तल राखेको, विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने करिब १४ अर्ब रुपैयाँ बराबरको छाडेर गएकोमा अहिलेको सरकारले यसलाई ध्वस्त पारेको उनले तर्क गरे । 

कोभिड–१९ का बाबजुद पनि आफ्नो सरकारले झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न लागि परेको, लगानीको वातावरण बनाएको र बैंकिङ्ग ब्याजदर एकल अंकमा राखेको बताए । तर, वर्तमान सरकारले यसलाई समेत ध्वस्त पारेर मुलुकको आर्थिक अवस्था इतिहासमा नै पहिलो पटक कमजोर बनाएको उनले आरोप लगाए ।  वर्तमान सरकारले बजेट समेत कार्यान्वयन गर्न नसकेको बताए ।

सोही अवसरमा नेता पौडेलले वर्तमान सरकारले व्यापार घाटामा छलाङ मारेको समेत आरोप लगाए । अघिल्लो आर्थिक वर्षमा १०४ अर्बले मात्र रहेको चालु खाता घाटा यस वर्ष ह्वातै बढेर ४०० अर्ब पुगेको समेत उनले बताए । रेमिट्यान्समा वैदेशिक रोजगारीमा जानेहरुको संख्या २५६.९ प्रतिशतले बढ्दा पनि उल्टो रेमिट्यान्स आप्रवाह ५ प्रतिशतले घट्नु शंकाको विषय बनेको बताए । जबकी आफ्नो सरकारको पालामा अधिकतम ८५.०५ विदेशिनेहरुको संख्या घट्दा पनि ९ प्रतिशत माथिले रेमिट्यान्स बढेको उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप