शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र समस्यामा पर्दा विवाद निम्तिनु प्रत्युत्पादक : उद्योग संगठन मोरङ

आइतबार, २७ चैत २०७८, १२ : २८
आइतबार, २७ चैत २०७८

उद्योग संगठन मोरङले अर्थतन्त्र संकटोन्मुख भइरहँदा नियमनकारी निकायबीच समन्वय खल्बलिएकोप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि संगठनले अर्थतन्त्र थप जटिल हुनेतर्फ चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेको हो ।

लामो समयदेखि वित्तीय क्षेत्रमा तरलता अभाव, बढ्दो ब्याजदर तथा युक्रेन–रूस द्वन्द्वबाट अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि जस्ता आन्तरिक एवम् बाह्य परिस्थितिजन्य कारणहरूले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरू संकटको दिशामा उन्मुख भएको संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तो बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवम् नेपाल राष्ट्र बैंक लगायतले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनुपर्नेमा मूख्य संस्थाहरूबीच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलतातर्फ जानसक्ने चिन्ता संगठनले व्यक्त गरेको हो । तरलता व्यवस्थापन, वैदेशिक मुद्रा सञ्चिति तथा आयात निर्यात सहजीकरण निम्ति नीतिगत र नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा असमञ्जस्य तथा अविश्वासको वातावरण निम्तिनुलाई संगठनले दुःखद भनेको छ ।

हाल निम्तिएको असमझदारीले अन्तराष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने र नेपालले गर्ने अन्तराष्ट्रिय व्यापारमा समेत असर पर्नेतर्फ बेलैमा सचेत भई उपयुक्त कदमहरू चाल्न संगठनले सरकारलाई आग्रह गरेको छ । संकटोन्मुख अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन निजी क्षेत्रका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको पनि संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप