ब्याटलग्राउन्ड झापा : यस्तो देखियो चुनावी रौनक (फोटोफिचर)
झापा । पहिलो चरणको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएसँगै अब सबैको ध्यान मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन तर्फ मोडिएको छ ।
यसैक्रममा दोस्रो चरणको चुनाव हुने प्रदेश नम्बर १ र २ का जिल्लाहरुमा रातोपाटीको टोली स्थलगत रिपोर्टिङको लागि पुगेको छ ।
झापाको भद्रपुर विमानस्थलमा ओर्लिएर मुख्य बजार विर्तामोडतिर अघि बढ्दादेखि नै जिल्लालाई चुनावी मौसमले छपक्क छोपेको महसुस हुन्छ ।
घर–घरमा पार्टीका झण्डा, सडक छेउमा ब्यानर, चिया पसलमा राजनीतिक गफ गर्नेहरुको भीड यी सब देख्दा झापाका जनताले मंसिर २१ को चुनावलाई उत्सुकताका साथ पर्खिरहेको सजिलै बुझ्न सकिन्छ ।
त्यसमाथि पनि एमाले अध्यक्ष केपी ओली, काङ्ग्रेस नेता कृष्ण सिटौला, माओवादी केन्द्रका नेता राम कार्की, राप्रपाका नेता राजेन्द्र लिङ्देन जस्ता हेभिवेट नेताहरु चुनावी मैदानमा उत्रिएकाले पनि सबैको ध्यान झापामा केन्द्रीत भएको छ ।
झापाका विभिन्न स्थान घुम्ने र त्यहाँका नेता कार्यकर्ताहरुसँग भलाकुसारी गर्ने क्रममा त्यहाँ चुनावी माहौल झल्किने केही तस्विरहरु क्यामारामा कैद गरिएको छ ।
हेर्नुहोस् केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता