बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

आइतबार, २७ चैत २०७८, ११ : ००
आइतबार, २७ चैत २०७८

नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो । 
बिल खरिदका लागि सार्वजनिक सुचना गरेको बैंकले भोलि अर्थात् चैत २८ गते सबै प्रकारका बिलहरुको बाँडफाँड हुने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । 

सार्वजनिक बोलकबालमार्फत बाँडफाँड हुने बिलमा अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड हुने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप