ईयू नेटोको आर्थिक विभाग मात्रै भएको रुसको दाबी

युरोपेली संघ नेटोको आर्थिक विभाग मात्रै भएको रुसका विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखोरोभाले दाबी गरेका छन् । युक्रेनको भ्रमणपछि ईयूका विदेश नीतिका प्रमुख जोसेप बोरेलले ट्वीट गर्दै भनेका छन्,‘यो युद्ध अवस्य पनि जित्नु पर्ने छ ।’ ‘आर्थिक संगठनहरुका लागि यो लामो अवधिसम्म युरोपेली संघको रुपमा रहने छैन । यो केवल नेटाको आर्थिक सम्बन्धको विभाग मात्रै हो, ’जाखोरोभले बताएका छन् ।
युक्रेनमा २४ फेबु्रअरीमा रुसी अक्रमण भएदेखि नेटोका मुलुकहरुले ठूलो परिमाणमा युक्रेनलाई दिँदै आएको ठूलो परिमाणका हतियार सामग्रीलाई थप बढाएका छन् । यद्यपि उनीहरु रुससँग प्रत्यक्ष रुपमा सैन्य मुकाबिलामा प्रवेश गर्ने स्पष्ट देखिएका छन् । दुई दिन अगाडि युक्रेनी विदेश मन्त्री दिमित्री कुलेबाले नेटोका मुलुकहरुलाई किभलाई हतियार आपूर्ति गर्नका लाग आह्वान गरेका छन् । युक्रेनले आफ्नो प्रतिरक्षा मात्रै गरेको छैन । ब्लकको सुरक्षालाई पनि बढाएको छ ।
मस्कोले फेबु्रअरीको अन्त्यतिर युक्रेनमा सेना पठाएको थियो । २०१४ मा मिन्सक सम्झौतामा गरिएको हस्ताक्षर कार्यान्वयन गर्न किभ असफल भएपछि मस्कोले युक्रेनमा सेना पठाएको हो ।
रुसले त्यही समयदेखि युक्रेनी अधिकारीसँग युक्रेन एक तटस्थ मुलुकको रुपमा बस्नका लागि माग गर्दै आएको थियो । रुसले युक्रेनलाई कहिले पनि अमेरिकी नेतृत्वको नेटो गठबन्धनमा आबद्ध नहुनका लागि आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूमाथि छिटै २५ प्रतिशत अतिरिक्त महसुलको घोषणा गर्दै छन् ट्रम्प
-
सान्त्वना जित निकाल्दै आलोचना मत्थर पार्ने धुनमा आयोजक पाकिस्तान र बंगलादेश
-
तीन कम्युनिस्ट पार्टीको प्रतिस्पर्धा : आफ्ना रोक्ने, अर्काका खोस्ने !
-
नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ
-
काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
-
‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’