सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन सुरु

आइतबार, २७ चैत २०७८, १० : ३२
आइतबार, २७ चैत २०७८

काठमाडौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु भएको छ  । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन आइतबारदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्हरु, जनसंख्याविद्हरु, नीति निर्माणकर्ताहरु ​तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण  र अन्तर विषयात्मक अनुसन्धानका निश्कर्ष सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिप ज्ञवालीले  बताए ।  सो सम्मेलनको भोलि अर्थात् भोलि उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्नेछन् । 

उक्त तीन दिने सम्मेलनका लागि स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बधित (स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड १९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम् विश्वव्यापी स्वास्थ्य बायोमेडिकल र टान्लेसन अनुसन्धान) विषयमा अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धान बारेमा १५३ वटा अनुसन्धान मूलक कार्यहरु परिषद्मा पेश गर्ने डा. ज्ञवालीले जानकारी दिए । ज्ञवालीले सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप