औरही गाउँपालिकाकी उपाध्यक्ष सीता यादव काँग्रेसमा प्रवेश
आइतबार, २७ चैत २०७८, १० : ३०

जनता समाजवादी पार्टीबाट सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित भएकी सीता यादव पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् । काँग्रेस जिल्ला सभापति रामचन्द्र यादवले गाउँपालिका उपाध्यक्ष यादवलाई फूलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित उनले केहिदिन अगाडि पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् । उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसले उपाध्यक्षकै उम्मेदवार बनाउने पक्का भएपछि उनी पार्टी प्रवेश गरेको बुझिएको छ । जसपाले टिकट नदिने भएपछि उनले पार्टी छाडेकी स्रोतले जनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा