नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको अध्यक्षमा निधि
आइतबार, २७ चैत २०७८, १० : २६
नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको अध्यक्षमा अनिल कुमार निधि चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा रिता अधिकारी सीताराम पटेल, सचिवमा संजय साह, कोषाध्यक्षमा राकेश कुमार शर्मा सहसचिवमा हिरा सापकोटा ,सह कोषाध्यक्षमा रेनु हुमागाईंलगायत अधिवेशनले ३९ सदस्यीय कमिटी गठन गरेको छ ।
यसैगरी शिक्षक मणिसंकर निधि, योगेन्द्र कुश्वाहा, बिरेन्द्र साह र राधिका सापकोटालाई केन्द्रिय प्रतिनिधिमा छनौट गरिएको छ । १३ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र गरुडाका भएको थियो भने बन्दसत्र सुबलाल भागवत मावि सन्तपुरमा भएको थियो ।