उमा पौडेलद्वारा लिखित पुस्तक ‘घुम्टी’ विमोचन
उमा पौडेलद्वारा लिखित पुस्तक ‘घुम्टी’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रमका बीच पुस्तकको विमोचन गरिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टीम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तकको विमोचन गरेका हुन् ।
घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा हो । घुम्टीको समीक्षा गर्दै पत्रकार कार्कीले प्रायजसो श्रीमानहरू बिदेश जानुपर्ने बाध्यता, श्रीमान विदेशमा हुँदा नेपालमा श्रीमतीबाट हुने धोका र छलकपटका बारेमा मात्रै चर्चा हुने गरेकोमा यो पुस्तकमा श्रीमान्लाई कुरेर जीवन बिताएका श्रीमती र परिवारको दुःख समेटिएको बताए ।
सचिब अर्यालले बैदेशिक रोजगारीमा जानु नेपाली युवाहरूको बाध्यता रहेको बताउदै बैदेशिक रोजगारीको क्षेत्रलाई सकेसम्म सुरक्षित बनाउनको लागि सरकारले काम गरिरहेको बताए । विदेशबाट फर्किएर आएकाहरूलाई सीप र क्षमताको आधारमा काम गर्ने वातावरण बनाइदिने तथा अनुदान रकम दिने काम सरकारले गरिरहेको बताउदै सचिब अर्यालले यसले विदेशबाट फर्किएकाहरुको जीविको पार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
लेखक पौडेलले सुरक्षित आप्रवासको क्षेत्रमा काम गर्ने क्रममा भेटिएका पात्र र उनीहरूका कथा आफूले मात्रै सुनेर चित्त नबुझेकाले पुस्तकका रूपमा सबै सामु ल्याएको बताइन् । पुरुषहरूलाई धन कमाउन विदेश पठाएका महिलाहरूले नेपालमा एक्लै संघर्ष गर्नु पर्दाका दुःख, अझ परिवारका भरोसा मानेका पुरुषलाइ उतै गुमाउनु पर्दाको पीडाले विक्षिप्त महिला र उनीहरूको जीवन रक्षाको लागि सबै पक्षले काम गर्नुपर्ने लेखक पौडेलको भनाइ छ ।
लेखक पौडेलको यो पहिलो कृती हो । पुस्तक भित्र विदेश गएका आफन्तको पखाईमा रहेका नेपालका प्रियजनहरूको भावना मिश्रित वास्तविक कथाहरू रहेका छन् । वर्षौदेखि विदेश गएका श्रीमानको पखाईमा बसेका श्रीमती, बेपत्ता श्रीमानको खोजीमा भौतारिएका श्रीमती, अनुहारै नचिनेका तर आफ्ना बा को पखाईमा रहेका छोराछोरीका कथा पुस्तकमा छ । धन कमाउन मायाँ गर्ने मनहरू यतै छोडेर गएका युवाहरू र उनको पखाईमा बसेका परिवार बीचको विछोडको कथा पुस्तकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा
-
आगामी वर्ष विश्व आर्थिक वृद्धि केही सुस्त हुने आइएमएफको पूर्वानुमान
-
कालिका मन्दिरमा ४५ लाख रुपैयाँ भेटी संकलन
-
सुडानमा दुई दिनको लडाइँमा ५० भन्दा बढीको मृत्यु
-
नेपाल समाजवादी पार्टीको महाधिवेशन माघ अन्तिम साता
-
१२ बजे, १२ समाचार : 'अध्यादेशमा ओलीलाई देउवाको ब्रेक' देखि 'रविका लागि प्रदर्शन र छविको बयान' सम्म