मुम्बईको लगातार चौथो हार

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा मुम्बई रोयल्स च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले पराजित भएको हो । पुनेमा मुम्बईले जितका लागि दिएको १५२ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरका लागि अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै कप्तान विराट कोहलीले ४८ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका प्रहार गरे । फाफ डू प्लेसीले १६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि जयदेव गटाखण्ड र डेवाल ब्रेविसले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनायो । मुम्बईका लागि सुर्यकुमार यादवले नट आउट ६८ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै इसन किसन र कप्तान रोहित शर्माले समान २६–२६ रनको योगदान गरे ।
बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले दुई–दुई विकेट लिए । त्यस्तै आकाश दीपले एक विकेट लिए । जितसँग बैंगलोरले ४ खेलबाट ६ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा छ । पराजित मुम्बईले हालसम्म जित निकाल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित
-
कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना