शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनल घरेलु मैदानमा पराजित

शनिबार, २६ चैत २०७८, २३ : २७
शनिबार, २६ चैत २०७८

प्रिमियर फुटबलमा आर्सनल घरेलु मैदानमा पराजित भएको छ । शनिबार भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।  आर्सनलको घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन लेनार्दो ट्रोसार्ड र इनोक मेपुले एक–एक गोल गरे । यता आर्सनलका लागि मार्टिन डेगार्डले एक गोल फर्काए । 

खेलको २८ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइजटनलाई अग्रता दिलाए । ६६ औं मिनेटमा मेपुले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।  आर्सनलका लागि खेलको ८९ औं मिनेटमा डेगार्डले गोल गरेपनि ब्राइजटनले २–० गोलको जित निकाल्न सफल भयो । 

जितसँगै ब्राइजटनले लिगमा ३१ खेलबाट ३७ अंक जोडेको छ । ब्राइटन ११ औं स्थानमा छ । राजित आर्सनल ३० खेलबाट ५४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप