विकास प्राधिकरणमार्फत बूढीगण्डकी आयोजना बनाउन बाबुरामको प्रस्ताव

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी बहुउद्देश्यीय परियोजनालाई बृहद बुढीगण्डकी विकास प्राधिकरणमार्फत बनाउन प्रस्ताव गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनीबाट ठेक्का खोसेर सरकार आफैँले बनाउने निर्णय गरेपछि भट्टराईले यस्तो बताएका हुन् ।
ढिलै भएपनि बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउने निर्णय हुनु सुखद भएको बताउँदै भट्टराईले अब कुन मोडालिटीमा बनाउनेबारे स्पष्ट गरिनुपर्नेमा जोड दिएका छन् ।
बूढीगण्डकी आयोजना बन्ने गोरखाका सांसद समेत रहेका उनले समयमा निर्णय गरेर अघि नबढिए आयोजना निर्माणको कुरा गफमै सीमित हुनसक्नेतर्फ सचेत गराएका छन् । ‘ढिलै भए पनि बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउने निर्णय हुनु सुखद् छ। तर हामीले शुरूदेखि भन्दै आएको कुरा बुझ्न किन ढिलो भएको हो बुझिनसक्नु छ’, उनले ट्वीटरमा भनेका छन्, ‘अनि कुन मोडालिटीमा बनाउनेबारे मौनता कहिले तोडिने हो ? यो बहुद्देश्यीय परियोजनालाई बृहद बुढीगण्डकी विकास प्राधिकरण मार्फत बनाऔँ, नत्र गफै रहला ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?