जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मीरादेव विशिष्ट अतिथि तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरू अतिथिको रुपमा आमन्त्रीत रहेको कम्पनीले जनाएको छ ।
उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तिन जनाको उम्मेदवारी रहेको थियो । उक्त २ जना सञ्चालक छनौटका लागि भएको निर्वाचनमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भएका छन् । नव नियुक्त सञ्चालकहरुलाई वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका छन् ।
साधारणसभाबाट नगद लाभांश तथा बोनस सेयर सम्बन्धी प्रस्ताव पारित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की