शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इस्लिङटन कलेजको स्प्रिङ कार्निभल सम्पन्न

शनिबार, २६ चैत २०७८, २२ : २८
शनिबार, २६ चैत २०७८

कमलपोखरी स्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमतावृद्धि गर्ने उद्देश्यले स्प्रिङ कार्निभल–२०२२ आयोजना गरेको छ । कोभिड संक्रमणको कारण विगत दुईवर्षदेखि रोकिएको कार्निभल योवर्ष भब्य रुपमा सम्पन्न गरेको छ । 

कलेज प्राङगणमा आयोजना गरिएको कार्निभल(महोत्सव)मा विभिन्न २५ वटा विद्यामा विद्यार्थीले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । कार्निभल आयोजना गरेको २५ वर्ष पुगेको अवसरमा २५ वटा स्टल राखिएको थियो । विद्यार्थीले कलेजमा सिकेका , आफ्ना उत्पादनलाई विश्वबजारमा चिनाउने र आफूले कलेजमा तयार गरेको परियोजना स्टलमा राखिएको थियो । 

 कलेजले सय टिमबाट छनौटमा परेका २५ टिमलाई कार्निभलमा सहभागि गराएको थियो । कलेजमा उपस्थित विद्यार्थीले विभिन्न जातजातिका भेषमुभषा लगाएका थिए । कलेजले  सो महोत्सवलाई ‘इथ्निक डे को रुपमा मनाइएको थियो । ’कार्निभलमा उपस्थित र स्टलमा रहेका विद्यार्थी विभिन्न जातजातिका फरक फरक ड्रेस लगाएका थिए । आफ्नो, भाषा, जात र धर्मलाई परिचय दिन अधिकांस विद्यार्थी फरक–फरक जातिको भेषभुषामा सजिएका थिए । 

कार्निभलमा चर्चित गायक दीपक बज्राचार्यको ब्याण्ड र समुहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्प्रिङ कार्निभलका संयोजक दौलतराज श्रेष्ठले कार्निभलले विद्यार्थीका क्षमता अभिभृद्धि गर्न महत्वपुर्ण भुमिका खेलेको बताए ।  

यो कार्यक्रम विद्यार्थीका लागि साँच्चिकै महत्वपुर्ण र अविश्मरणीय रहेको आयोजकले जनाएको छ ।  कलेजले सन् २०११ देखिनै यो स्प्रिङ कार्निभल आयोजना गर्दै आएको छ ।  कोभिडको कारण दुईवर्षसम्म स्थगित सो महोत्सव हरेरवर्ष आयोजना गरिने कलेजको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप