आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने मेनेजर अफ द इयर अवार्डबाट सम्मानित

शनिबार, २६ चैत २०७८, २२ : ०९
शनिबार, २६ चैत २०७८

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सो अवार्डबाट सम्मानित गरेको हो । 

शनिबार राजधानीको याक एन्ड यति होटलमा आयोजित समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूण फेलो एनआईसी एसिएन्सलाई समर्पण गर्दै आफूलाई योग्य ठानेकामा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदाधिकारीप्रति कृतज्ञता जाहेर गरे । 

हाल एनआइसी एशिया बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिसेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।

उनी यसअघि ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सीईओ अफ द इयर २०७८, बैंकिङ सीईओ अफ द ईयर–२०२१ बाट पनि सम्मानित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप