शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बायर्नको जितमा लेवान्डोस्कीको निर्णायक गोल

शनिबार, २६ चैत २०७८, २१ : ३४
शनिबार, २६ चैत २०७८

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा बायर्न म्युनिखले अग्सवर्गमाथि १–० गोलको जित निकालेको हो ।  घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको बायर्नले दोस्रो हाफमा एक गोल गरेको हो । बायर्नका लागि खेलको ८२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । 

जितसँगै बायर्नले लिगमा ९ अंकको अग्रता बनाएको छ । लिगमा २९ खेल खेलेको बार्यनले ६९ अंक जोडेको छ । दोस्रो स्थानमा डर्टमण्डको ६० अंक छ ।  पराजित अग्सवर्गको २९ खेलबाट ३२ अंक छ । बुन्डेस लिगा अन्तर्गत आज नै भएको अर्काे खेलमा क्लोनले मिन्जामाथि ३–२ गोलको जित निकालेको छ ।  त्यस्तै अर्काे खेलमा उल्फवर्गले अर्मानियामाथि ४–० गोलको जित निकाल्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप