भरतपुर साइक्लिङ म्याराथन : सुरज र उषा पहिलो
चितवनमा पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधि काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् । प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो । पुरुष इलिटतर्फ ६५ किलोमिटरको दुरी १ घण्टा ५६ मिनेट २० सेकेन्डमा पार गर्दै काठमाडौंका सुरज राना मगर पहिलो भए ।
उनले नगद ४५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै १ घण्टा ५६ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा दोस्रो भए । उनले नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरे । १ घण्टा ५६ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै गण्डकीका हिक्मत विक तृतीय भए । उनले ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरी महिला इलिटतर्फ २ घण्टा ३ मिनेट ५६ सेकेन्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्लबकी उषा खनाल पहिलो, १ सेकेन्डले पछि पर्दै नुवाकोटकी लक्ष्मी मगर द्वितीय र २ घण्टा १२ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै धादिङकी सोनी गुरुङ तृतीय भए । उनीहरुले पनि क्रमशः ४०, ३५ र ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरी पुरुष मास्टर्स ३० प्लस विधामा त्रिभुवन आर्मी क्लबका प्रेमसिंह मन्याल प्रथम, आर्मीकै दिपेश चौधरी द्वितीय र सिन्धुपाल्चोकका हर्क लामा तृतीय भए । उनीहरुले क्रमशः २५, २० र १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
ग्राण्ड मास्टर्स पुरुषतर्फ नेदरल्याण्ड्सका जोन बेन्टिक प्रथम, काठमाडौैका भाइराजा महर्जन द्वितीय र काठमाडौंकै ज्ञानेन्द्र स्थापित तृतीय भए । उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरि चितवन विशेष पुरुषतर्फ सन्दीप श्रेष्ठ प्रथम, प्रमित थापा द्वितीय र रोनिश कर्माचार्य तृतीय भए । उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
चितवन विशेष महिलातर्फ मेरिना मगर प्रथम र सुधा तिमिल्सिना द्वितीय भए । उनीहरुले २० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेताहरूलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म