माओवादी केन्द्रका नेता–कार्यकर्ता माओवादी समाजवादीमा प्रवेश

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता दिपक जङ्गमसहितका युवाहरु माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले जङ्गम सहितका युवा नेताहरुलाई पार्टीमा स्वागत गरेका हो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नवप्रवेशीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनीहरुले पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
नवप्रवेशी नेता अधिवक्ता दिपक शर्मा जङ्गमले माओवादी केन्द्रमा मार्क्स र लेनिनवादी सिद्धान्तभन्दा बढी व्यक्तिवाद परिपाटी हावी भएको आरोप लगाए । आफुले गरेको योगदानलाई पार्टीले कदर नगरेको भन्दै सहिदका बाँकी सपना पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा
-
रौतहटमा रोकिएन हात्तीको विध्वंश
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का