थाइल्यान्ड ओपन : नेपालकी पुनमलाई कास्य
थाइल्याण्डको फुकेटमा संचालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ्ग खेलाडी पुनम रावलले महिला ६० के.जी. तौल समूहमा कास्य पदक जित्न सफल भएकी छन् । वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी रिता पासुटसँग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोरिन् ।
फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् । त्यस्तै अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ ५१ के.जी तौल समुहमा थाइल्याण्डका मुक्केबाज जुटामास जितपोङसँग ४–१ को स्पिलत डिसिनन्मा हार व्यहोरी पदकबाट बन्चित भइन् ।
यसअघि नेपालका एकमात्र पुरुख खेलाडी ६३ के.जी भुपेन्द्र थापा भियतनामसँग, महिला ५७ के.जी. मा इटालीका २०२० ओलम्पिक पदक विजेतासँग नेपालकी चन्द्रकला थापा र ४८ के.जी. तौल समूहमा सुष्मा तामाङ ईटालीकै खेलाडी सँग ३–२ को स्पिलत डिसिजनमा हारेकी थिइन् । सन् २०१० मा दिपक महर्जनले जितेको कास्य पछि नेपालले थाइल्याण्ड ओपन बक्सिङ प्रतियोगितामा पदक जित्न सफल भएको हो ।