शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

इन्डियन प्रिमियर लिगमा हैदरावादको पहिलो जित

शनिबार, २६ चैत २०७८, १९ : ५३
शनिबार, २६ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा हैदरावादले चेन्नइ सुपर किङ्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा चेन्नईले दिएको १५५ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 

हैदरावादका लागि अविषेक शर्माले ७५ रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै केन विलियमसनले ३२ रन बनाउँदा राहुल त्रिपाठीले ३९ रन बनाए । बलिङतर्फ चेन्नईका लागि मुकेश चौधरी र डुयन ब्राभोले एक–एक एक विकेट लिए । 
यसअघि पहिले ब्याटिङ गरको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । चेन्नईका लागि मोइन अलीले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै अम्बाती रायडुले २७ रन बनाउँदा कप्तान रवीन्द्र जडेजाले २३ रन जोडे । 

बलिङतर्फ सनराइजर्सका लागि वासिन्टन सुन्दर र नटराजनले दुई–दुई विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार, मार्काे जेसन र एडन मार्करनले एक–एक विकेट लिए । 
जितसँगै सनराइजर्सले ३ खेलबाट २ अंक जोडेको छ । यता चेन्नईको यो चौथो हार हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप