एभर्टनसँग युनाइटेड पराजित
शनिबार, २६ चैत २०७८, १९ : ५०
प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड एभर्टनसँग पराजित भएको छ । शनिबार भएको खेलमा युनाइटेड एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन एन्थोनी ग्रोडोनले निर्णायक गोल गरे ।
एन्थोनीले खेलको २७औं मिनेटमा गरेको गोलले नै एभर्टनलाई १–० गोलको जित दिलायो । जितसँगै एभर्टनलाई रेलिगेसनमा पर्ने चिन्ताबाट केही राहत मिलेको छ । लिगमा ३० खेल खेलेको एभर्टन २८ अंक जोड्दै रेलिगेसन जोनबाट एक स्थानमाथि छ ।
यता युनाइटेड ३१ खेलबाट ५१ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबारे प्रचण्डको उदासीनताप्रति विप्लवले पोखे असन्तुष्टि, नेसपामा अन्योल
-
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
-
माधवसँग भेट्दै बामदेव, छलफलपछि निर्णय लिने
-
वैशाखमा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव हुने
-
पुस १३ देखि पोखरा सडक महोत्सव
-
फाइनल प्रवेशका लागि भएको भिडन्तमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य