केपी ओलीको गृहनगरमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई आर्थिक टाट पल्टाउनेहरुसँग हिसाबकिताब माग्ने बताएका छन् । झापाको दमकमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश ऋणले चुर्लुम्म डुबेको भन्दै यसको दोष वर्तमान राजनीतिका ठूला दलहरुले लिनुपर्ने बताए । ‘अहिले देश ऋणमा चुर्लुम्म डुबेको छ । आफ्नो आम्दानीले सामान्य गतिविधिसम्म धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सरकारको विभिन्न मानिसले भनिरहेका छन् देशको अवस्था ठिक छैन भनेर । बैंक रित्तिएको छ, साना साना ठेक्काको काममा पनि भुक्तानी पाएका छैनन् । ४ वर्षभित्रमा ८ खर्बमा भएको राष्ट्रिय ऋण अहिले १७ खर्ब पुगेको छ ।’
लिङ्देनले आर्थिक रुपमा टाट पल्टाउनेहरुसँग राप्रपाले हिसाव किताब गर्ने चेतावनी पनि दिए । उनले विकृति विसंगति र भ्रष्टाचारविरुद्ध उत्रनका लागि राप्रपामा गोलबद्ध हुन पनि अपिल गरे । कार्यक्रममा बोल्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले एमाले नेतृत्वको सरकारले अरबौं भ्रष्टाचार गरेको भन्दै फेहरिस्त सुनाए । ‘झापामा आएर भन्न मन लाग्यो, एमाले सरकारले अरबौं भ्रष्टाचार गरेको छ,’ शाहीले भने, ‘दमक नगरपालिकामा मात्रै ३ वर्षमा ८ करोड ९८ लाख बेरुजु देखिएको छ ।’ उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने र राजतन्त्रबारे जनमतसंग्रह हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राप्रपाकी नेतृ तथा नायिका रेखा थापाले अबका नारीहरू कमजोर नभएको भन्दै राजनीतिमा आउन आह्वान गरिन् । ‘अबका नारीहरू कमजोर छैनन, देश हाँकेको हेर्न चाहन्छु,’ उनले भनिन्, ‘हामी सपना देखाउन आएको होइन, पुरा गर्न आएका हौं, यसमा सबैको हातेमालो आवश्यक छ ।’
स्थानीय चुनाव नजिकिँदै गर्दा राप्रपाले एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा आमसभा गरेको हो । कार्यक्रममा राप्रपाले राजसंस्था हुनुपर्ने, देश हिन्दूराज्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा राप्रपामा प्रवेश गरेको घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता