आर्मीलाई हराउँदै सगरमाथालाई इटहरी गोल्डकपको उपाधि

person explore access_timeचैत २६, २०७८ chat_bubble_outline0

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सगरमाथा युथ क्लब विराट चोकले १२औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ । उपाधिसँगै सगरमाथाले नगद ७ लाख प्राप्त गर्यो । त्यस्तै उपविजेता आर्मीले ३ लाख ५० हजार प्राप्त गरेको छ ।  


शनिबार भएको फाइनलमा आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै सगरमाथा च्याम्पियन बनेको हो । इटहरी रंगशालामा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।



पेनाल्टीमा सगरमाथाका अशोक खवास, आशिष लामा, शत्यम शर्मा र मिलन राईले गोल गरे । गोलकिपर प्रिसो गोल गर्न चुके ।  आर्मीका टेकबहादुर बुढाथोकी, विकास खवास र विवेक बस्नेतले गोल गरे । गौतम श्रेष्ठ र सन्तोष तामाङ पेनाल्टी प्रहार गर्न चुके । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।