शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

शनिबार, २६ चैत २०७८, १७ : २६
शनिबार, २६ चैत २०७८

संयुक्त अरब इमिरेट्स (युएई)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घ संस्थाले माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध प्रदर्शन गर्दै पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

युथ कंग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ, एमनेस्टी इन्टरनेशन नेपाल, युनिमी नेपाल लगायतले ऐक्यबद्धता जनाएका थिए । विरोधसभामा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप