बिच भलिबलको उपाधि पुलिसलाई
शनिबार, २६ चैत २०७८, १६ : ११

लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पाको तानसेनस्थित रानी महलमा पूर्व राष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनिषा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७ को पराजित गर्यो ।
प्रतियोगितामा सतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई सोझो सेटमा हराएको थियो । यस्तै, लुम्बिनीले क्वार्टरफाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराएको थियो । प्रतियोगिताको विजेता बनेसँगै पुलिसले एक लाख रुपैयाँ प्राप्त गरेको छ। यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने