साताको सेयर बजार– ८० अंकले घट्यो परिसूचक

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८० अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २५ सय ४४ अंकबाट सुरू भएको नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा २४ सय ६४ अंकमा आइपुगेको हो । यसक्रममा यो साता नेप्सेमा ९ अर्ब ८३ करोड ४१ लाख रुपैयाँ बराबरको २ करोड २३ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ ।
जुन, अघिल्लो साताको तुलनामा २७ प्रतिशतको गिरावट हो । अघिल्लो साता १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
बजार परिसूचक करिब ८० अंकले खुम्चिँदा लगानीकर्ताले १ खर्ब १३ अर्ब ५१ करोड रुपैयाँ गुमाएका छन् । लगानीकर्ताले उक्त रकम गुमाएसँगै गत साताको अन्तिम कारोबार दिन ३६ खर्ब १२ अर्ब २७ करोड रहेको बजार पूँजीकरण घटेर ३४ खर्ब ९८ अर्ब ७६ करोड रुपैयाँमा आइपुगेको हो ।
यो साता नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाएको नेप्सेले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा