मैले साइकलमा नै दुलही भित्र्याएको थिएँ : प्रचण्ड
‘हात छाडेर साइकल चलाउनेमा म एक नम्बर वान’
शनिबार, २६ चैत २०७८, १५ : ३२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विवाह गर्दा साइकलमा नै दुलही भित्र्याएको बताएका छन् । चितवनमा आयोजित प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो परिवार र चितवनका लागि साइकलको छुट्टै महत्त्व रहेको बताएका हुन् ।
उनले भने, ‘सबैभन्दा बढी साइकल चढ्ने जिल्ला चितवन हो । चितवनमा यस्तो समय थियो हरेक काम साइकलबाट हुन्थ्यो । मेरो विवाह हुँदा मैले साइकलमा दुलही लिएर फर्किएको हुँ । दाउरा काट्न पनि साइकलमा जान्थ्यौँ । घाँसका भारी पनि साइकलमा बोकेर ल्याउँथ्यौँ ।’
आफू काठमाडौँमा हुँदा दिनहुँ माउन्टेन बाइक चलाउने बताउँदै प्रचण्डले आफू स्कुलमा छँदा साइकल चलाउनमा चितवन टप नै भएको जिकिर गरे । ‘हात छाडेर साइकल चलाउनेमा म नम्बर वान नै थिएँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण