बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मैले साइकलमा नै दुलही भित्र्याएको थिएँ : प्रचण्ड

‘हात छाडेर साइकल चलाउनेमा म एक नम्बर वान’
शनिबार, २६ चैत २०७८, १५ : ३२
शनिबार, २६ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विवाह गर्दा साइकलमा नै दुलही भित्र्याएको बताएका छन् । चितवनमा आयोजित प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो परिवार र चितवनका लागि साइकलको छुट्टै महत्त्व रहेको बताएका हुन् ।

उनले भने, ‘सबैभन्दा बढी साइकल चढ्ने जिल्ला चितवन हो । चितवनमा यस्तो समय थियो हरेक काम साइकलबाट हुन्थ्यो । मेरो विवाह हुँदा मैले साइकलमा दुलही लिएर फर्किएको हुँ । दाउरा काट्न पनि साइकलमा जान्थ्यौँ । घाँसका भारी पनि साइकलमा बोकेर ल्याउँथ्यौँ ।’

आफू काठमाडौँमा हुँदा दिनहुँ माउन्टेन बाइक चलाउने बताउँदै प्रचण्डले आफू स्कुलमा छँदा साइकल चलाउनमा चितवन टप नै भएको जिकिर गरे । ‘हात छाडेर साइकल चलाउनेमा म नम्बर वान नै थिएँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप