पाकिस्तानको संसद्ले इमरान खानको भविष्यको फैसला गर्दै

पाकिस्तानमा लामो समयदेखि चलेको राजनीतिक उथलपुथलपछि प्रधानमन्त्री इमरान खान विरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथिको मतदानका लागि शनिबार संसद्को अधिवेशन सुरु भएको छ । सभामुख असद कैसरले बैठक सञ्चालन गर्दैछन् । आइतबारको प्रस्ताव अस्वीकृत हुँदा उपसभामुख कासिम सुरीले सदनको कारवाही चलाएका थिए ।
खान विरुद्धको अविश्वासको प्रस्तावमाथिको बहस सुरु भएपछि सदन दिउँसो १२ः ३० बजेसम्मका लागि स्थगित गरिएको छ । तर दलहरुबीच छलफलका कारण बैठक अझै सुरु हुन सकेको छैन । बिहीबार, पाकिस्तानको सर्वोच्च अदालतले संसद् निर्णयलाई उल्टाएको थियो जसमा विपक्षीहरुले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेको थियो।
त्यसपछि प्रधानमन्त्री इमरान खानको सिफारिसमा देशका राष्ट्रपतिले संसद् विघटन गरेर देशमा चुनाव गराउने बताएका थिए । मतदानको ठीक एकदिन अघि शुक्रबार, इमरान खानले देशका जनतालाई सम्बोधन गर्दै, विपक्षीहरुले ‘विदेशी शक्तिहरूसँग मिलेर आफ्नो विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन
-
पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ