कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल : एमाले महासचिव
शनिबार, २६ चैत २०७८, १४ : २४

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणपछि अर्को गम्भीर भूल गरेको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई कटुवाल प्रकरणसँग जोड्दै उनले माओवादीले दोस्रोपटक गम्भीर भूल गरेको बताए ।
शनिबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै महासचिव पोखरेलले तत्कालीन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको स्मरण गराएका छन् ।
‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्बन,’ पोखरेलले भनेका छन्, ‘आर्थिक संकटको कारक अर्थमन्त्री र मूकदर्शक बनेका प्रम आफैं हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले शनिबारमात्रै सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी युक्रेनमा रुसी हमला : ५ जनाको मृत्यु
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान