आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल : एमाले महासचिव

शनिबार, २६ चैत २०७८, १४ : २४
शनिबार, २६ चैत २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणपछि अर्को गम्भीर भूल गरेको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई कटुवाल प्रकरणसँग जोड्दै उनले माओवादीले दोस्रोपटक गम्भीर भूल गरेको बताए ।

शनिबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै महासचिव पोखरेलले तत्कालीन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको स्मरण गराएका छन् । 
‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्बन,’ पोखरेलले भनेका छन्, ‘आर्थिक संकटको कारक अर्थमन्त्री र मूकदर्शक बनेका प्रम आफैं हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले शनिबारमात्रै सार्वजनिक गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप