बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको म्यादको पेशी वैशाख २ गते

शनिबार, २६ चैत २०७८, १४ : ०६
शनिबार, २६ चैत २०७८

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगद्वारा जारी आचारसंहिता लागू भइसकेको छ । आचारसंहिता लागू भएपनि सर्वोच्च अदालतले भने स्थानीय तहका प्रतिनिधिले पाँच वर्षसम्म कार्यकाल बिताउन पाउनुपर्ने भन्दै दायर गरिएको रिटबारे अझै फैसला सुनाएको छैन ।

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार सिंहले स्थानीय तहका प्रतिनिधिले पाँच वर्षसम्म कार्यकाल बिताउन पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले पुरै पाँच वर्ष कार्यकाल बिताउन नपाएको भन्दै दिएको रिटको पेशी वैशाख २ गते तोकिएको छ ।

सो रिटमा अन्तरिम आदेश नदिए पछि वैशाख २ मा निर्वाचन आयोगलगायत दुवै पक्षलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाइएको छ । जुन रिटका कारण स्थानीय तहको निर्वाचन ३० वैशाखमा नहुने हो कि भन्ने आशंका व्याप्त रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप